जाजरकोट पहिरो : ७० घरका दुई सय जना पहिरो पीडितलाई विद्यालयमा सारियो (तस्वीरहरू)
onlinekhabar.com · Sun Aug 16 07:12:59 GMT 2026

३१ साउन, जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढी पहिरोका कारण उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
रिसाङ क्षेत्रका करिब ७० घरपरिवारका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राख्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)