म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ : देउवा
annapurnapost.com · Sun Aug 16 07:27:33 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आफूले नमानेको जानकारी दिएका छन्। कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन स्वीकार नगरेपनि अदालतले गरेको निर्णयलाई स्वीकार गरेको बताएका हुन्।
उनले कांग्रेसको विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वास व्यक्त गरे। उनले हिन्दूको विषयमा बोलिदिन आग्रह गरेकाले उनले आफू हिन्दू भएको बताए। ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ।’ उनले भने, ‘म पशुपतिनाथ जान्छु। पूजा गर्छु।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)