बाघको आक्रमणबाट एक जना घाइते
reportersnepal.com · Sun Aug 16 07:32:40 GMT 2026

काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । राप्ती नगरपालिका १ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन् ।
आइतबार बिहान अन्दाजी ६:४० बजे बस्तीमा बाघले अधिकारीलाई आक्रमण गरेको थियो। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)