भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
barnanmedia.com · Sun Aug 16 07:33:15 GMT 2026

पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ ।
अभूतपूर्व वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन् । बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढाउनुका साथै विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । मौसमविद्हरूले पहिलोपटक चिबा प्रिफेक्चरका लागि उच्च तहको भारी वर्षाको चेतावनी जारी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)