म व्यक्तिगत रूपमा हिन्दु धर्म मान्छु, देशमा के हुने भन्ने जनताको कुरा हो : देउवा
ratopati.com · Sun Aug 16 07:56:02 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको धार्मिक पहिचानका विषयमा बोल्दै आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको बताएका छन् ।
काठमाडौँको सुकेधारामा आयोजित इतर समूहको ३ दिने राष्ट्रिय भेलाको समापन समारोहमा देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ। मैले हिन्दु परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु। म पशुपति जान्छु र पूजाआजा गर्छु। तर देशमा (धर्मका विषयमा) के हुने वा नहुने भन्ने कुरा जनताको निर्णयमा भर पर्छ। देशमा सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)