सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता
ratopati.com · Sun Aug 16 08:47:29 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको ३ दिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने विशेष प्रस्ताव पारित गरेको छ। सुकेधारामा आइतबार सम्पन्न भेलाले मुलुकको मौलिक धार्मिक र सांस्कृतिक जगलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको हो।
भेलाले पारित गरेको प्रस्तावमा लेखिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म र संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)