उद्यमीलाई अपराधी करार गरेर कसरी बन्छ अर्थतन्त्र?
barnanmedia.com · Sun Aug 16 08:36:22 GMT 2026

नेपालमा उद्यमी तथा व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण विरोधाभासपूर्ण बन्दै गएको छ। एकातिर मुलुकलाई रोजगारी सिर्जना, उत्पादन वृद्धि, विदेशी लगानी आकर्षण, करको दायरा विस्तार र पूर्वाधार विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन आवश्यक छ। अर्कोतिर, सफल व्यवसायीप्रति शंका गर्ने र ठूलो सम्पत्तिलाई नै गलत कामको प्रमाणका रूपमा बुझ्ने प्रवृत्ति पनि देखिन्छ।
आर्थिक क्षेत्रमा जानकारहरूका अनुसार व्यवसायिक सफलता आफैंमा अपराधको प्रमाण हुन सक्दैन। कुनै व्यक्तिले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको हो भने त्यसको छानबिन र कारबाही प्रमाणका आधारमा हुनुपर्छ। तर व्यवसायी हुनु वा धनी हुनु नै अपराधी हुनु हो भन्ने धारणा उद्यमशील वातावरणका लागि घातक बन्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)