राष्ट्रिय पुरस्कार विजेता निर्देशक राजा सेनको निधन
kalakarmi.com · Sun Aug 16 09:09:39 GMT 2026

ढाका- राष्ट्रिय पुरस्कार विजेता तथा चर्चित बंगाली फिल्म निर्देशक राजा सेनको आइतवार कोलकाताको एक सरकारी अस्पतालमा लामो समयदेखि उपचाररत अवस्थामा निधन भएको छ। उत्कृष्ट फिल्म ‘दामु’ का लागि परिचित सेन ७१ वर्षका थिए । उनी पछिल्लो केही समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।
अस्पताल स्रोतका अनुसार राजा सेन विगत केही दिनदेखि भेन्टिलेटरको सहारामा उपचाररत थिए। उनको निधनसँगै बंगाली सिनेमा, टेलिभिजन तथा वृत्तचित्र (डकुमेन्ट्री) क्षेत्रमा शोकको लहर फैलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)