पानीमा भिज्दै ग्यासको लाइनमा ग्राहक (तस्बिरहरू)
kendrabindu.com · Sun Aug 16 09:09:30 GMT 2026

काठमाडौं। काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि विशेष बिक्री केन्द्रमा ग्यास लिन पुगेका उपभोक्ताले वर्षाका बीच घण्टौँ लाइन बस्नुपरेको छ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा आइतबार उपत्यकाका विभिन्न सात स्थानबाट ग्यास बिक्रीको व्यवस्था मिलाइएको छ। नियमित विक्रेताबाट ग्यास पाउन नसकेका उपभोक्ताहरू बिहानैदेखि तोकिएका बिक्री केन्द्रमा पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)