वस्तुगत र आत्मगत विरोधाभास चिर्न नसक्दा वामपन्थी आन्दोलन कमजोर भयो : शक्ति बस्नेत
ratopati.com · Sun Aug 16 09:14:14 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता शक्ति बस्नेतले यथास्थितिप्रति जनआक्रोशलाई चिर्न नसक्दा वामपन्थी आन्दोलन कमजोर बन्दै गएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले वस्तुगत र आत्मगत विरोधाभासलाई चिर्ने गरी वामपन्थी आन्दोलनको समीक्षा हुनुपर्ने बताए ।
‘यथास्थितिप्रति जनताको असन्तुष्टि देखिएको छ । वामपन्थीले सही ढङ्गले अगाडि बढ्न नसक्दा जनमत भड्किन गयो । वस्तुगत रुपमा ठिक छ तर आत्मगत रूपमा वामपन्थी आन्दोलन कमजोर बन्दै गएको छ’, उनले भने– ‘यही विरोधाभास अवस्थामा वामपन्थी आन्दोलन रोमलिरहेको छ । हाम्रो वरपर केन्द्रित भएको जनमत परपर जाने स्थिति किन बन्यो ? त्यसको गम्भीर समीक्षा हुनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)