पाटन बारको पुनः निर्वाचन गर्न स्वतन्त्र कानुन व्यवसायीको माग
ratopati.com · Sun Aug 16 09:21:44 GMT 2026

काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एसोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै बहिस्कार गरेको जनाएको छ। आइतबार राजधानीको संवाद डबलीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी एमाले निकट पीपीएलएको निर्देशन पालक निर्वाचन समिति रहेको आरोपसमेत लगाएको हो।
मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचनका क्रममा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यता विपरीत गतिविधि भएको आरोप लगाएका छन्। उनले निर्वाचनसम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको र अनधिकृत व्यक्तिहरूको घुसपैठ गराई फर्जी मतदान गराइएकाले मत परिणाम अवैध भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)