धनुषामा करेन्ट लागेर युवतीको मृत्यु
ratopati.com · Sun Aug 16 09:33:03 GMT 2026

धनुषा। धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१ बस्ने २३ वर्षीया पुनिताकुमारी महतोको करेन्ट लागेर मृत्यु भएको हो।
भिनाजु सन्देश महतोको घर जनकपुर उपमहानगरपालिका–१८ तेतरिया आएका बेला आइतबार बिहान ११ बजेतिर पानीको मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)