शिवसेना नेताको पेस्तोलबाट चल्यो गो*ली, विमानस्थलका दुई कर्मचारी घाइते
nagariknews.nagariknetwork.com · Sun Aug 16 09:58:10 GMT 2026

भारतको उत्तर प्रदेशस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान गोली चल्दा दुई कर्मचारी घाइते भएका छन्। मुम्बई जान लागेका शिवसेनाका नेता कमलेश रायको पेस्तोलबाट अचानक गोली चल्दा उक्त घटना भएको हो।
घाइते हुनेमा एक महिला र एक पुरुष कर्मचारी रहेका छन्। महिला कर्मचारीको खुट्टामा गोली लागेको छ भने पुरुष कर्मचारीको हातमा सामान्य चोट लागेको छ। उनीहरू दुवैलाई उपचारका लागि कबीरचौरा अस्पताल पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)