बाढीपहिरो पीडितको उद्धार र राहत तीव्र बनाउन एमालेको आग्रह
bishowkhabar.com · Sun Aug 16 10:07:40 GMT 2026

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा भएको बाढी, पहिरो तथा सडक अवरोधबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)