थाइ गाँजा ओसारपसारको नयाँ अपराध शैली
ratopati.com · Sun Aug 16 10:15:00 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन चेकजाँच एरियामा २६ वर्षीय अर्सलान रशिद निकैबेर रोकिए । साउन २१ मा राति बैंककबाट काठमाडौँ आएका रशिदले विमानस्थलको रनवेतिर हेरिरहे । थाई एयरवेजमा उनीसँगै आएका अरु यात्रु धमाधम अध्यागमनमा कागजात देखाएर बाहिरिँदा उनका पाइला अध्यागमनतर्फ अगाडि बढेन ।
रशिद भारतको कोलकाता निवासी हुन् । रनवेमा एयर इन्डियाको विमान ल्याण्ड भएपछि उनी चहलपहल गर्न थाले । दिल्लीबाट एयर इन्डियाको विमानमा आएका एक जना यात्रु अध्यागमन क्षेत्रमा प्रवेश गरेर रशिदसँग हात मिलाउँदै भने, ‘म मोहम्मद सब्बिर, दिल्लीबाट ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)