र्याडिसनमा ग्यासको मौज्दातलाई अस्वाभाविक भन्नु उचित होइन : चेम्बर
bishowkhabar.com · Sun Aug 16 10:21:03 GMT 2026

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा भएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दातलाई अस्वाभाविक रूपमा प्रस्तुत गरिएको भन्दै चेम्बरले आइतबार विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण जनाएको हो ।
चेम्बरका अनुसार पाँचतारे होटलमा दैनिक ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु सामान्य हो । त्यसैले र्याडिसन होटलमा करिब २०० सिलिन्डर मौज्दात रहनुलाई पनि व्यावसायिक आवश्यकताकै रूपमा बुझ्नुपर्ने चेम्बरको भनाइ छ । व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उपयुक्त नभएको चेम्बरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)