बीपी र गणेशमानलाई कसैको घरभित्र ‘कैद’ गर्न दिनु हुँदैन : गगन थापा
baahrakhari.com · Sun Aug 16 10:20:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका संस्थापक नेता विश्वेरप्रसाद (बीपी) कोइराला र गणेशमान सिंहलाई ‘कसैको घरभित्र कैद गर्न दिनु नहुने’ बताएका छन् । आइतबार (साउन ३१) काठमाडौंमा धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तकको विमोचन कार्यक्रममा उनले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताएका हुन् ।
“बीपी र गणेशमानलाई कसैको घरभित्र कैद गर्न दिनु हुँदैन । बीपीको संगत गरेर त्यसको नाममा अहिलेसम्म धेरै फाइदा लिनुभएकोहरूले अरू थप अहिलेको बिग्रेको राजनीतिको बेलामा, यही बेलामा हो, थपचाहिँ बीपीलाई बेच्दिहालौँ न भन्ने ढंगबाट प्रयास हुनसक्छ,” थापाले भने, “त्यसलाई रोक्नको लागि अझै धेरै बोल्नुपर्छ, लेख्नुपर्छ । पुस्तक सही समयमा आएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)