जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारले पठायो राहत
bishowkhabar.com · Sun Aug 16 10:30:23 GMT 2026

काठमाडौं– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरोपीडित परिवारका लागि राहत सामग्री पठाएको छ । प्रदेश सरकारले आइतबार १५० थान त्रिपाल, ३५० थान कम्बल, १८५ थान ब्ल्याङ्केट, २० सेट टेन्ट, चार क्विन्टल चामल, २०० प्याकेट चाउचाउ र चिउरालगायत सामग्री प्रभावित क्षेत्रमा पठाएको हो ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिको मागअनुसार राहत सामग्री पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । पहिरोमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)