कैलालीका ३७३ किसानलाई साढे पाँच करोडभन्दा बढी अनुदान
barnanmedia.com · Sun Aug 16 10:32:31 GMT 2026

कैलालीका १३ वटै स्थानीय तहमा सञ्चालित ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रमका लागि गत आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएका छन् । स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै किसानको आयआर्जन बढाउने र उत्पादनमा थप किसानलाई जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)