कानुनमन्त्री नै कानुन आयोगको अध्यक्ष बन्ने प्रस्ताव
onlinekhabar.com · Sun Aug 16 10:46:18 GMT 2026

३१ साउन, काठमाडौं । सरकारले कानुन न्याय तथा संसदीय मामिलामन्त्री नै ‘नेपाल कानुन आयोग’को अध्यक्ष रहने व्यवस्था प्रस्ताव गरेको छ । यसका निम्ती ‘नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन गरिँदैछ ।
यही साउन २८ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयक ऐनमा रूपान्तरित भए आयोगको वर्तमान संरचनामा फेरबदल हुनेछ । हाल आयोगको अध्यक्ष सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिमध्येबाट सरकारले नियुक्त गर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)