३८ मिनेटमै दुई रकेट उडाएर स्पेसएक्सको नयाँ कीर्तिमान
newsofnepal.com · Sun Aug 16 11:02:52 GMT 2026

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले केवल ३८ मिनेटको अन्तरमा दुई वटा फाल्कन–९ रकेट प्रक्षेपण गरेर नयाँ अन्तरिक्ष कीर्तिमान बनाएको छ। शनिबार अमेरिकाका दुई फरक तटबाट भएका यी लगातार प्रक्षेपणलाई कम्पनीको अहिलेसम्मकै सबैभन्दा छोटो अन्तरमा गरिएको दुईवटा कक्षीय प्रक्षेपणका रूपमा हेरिएको छ।
पहिलो फाल्कन–९ रकेट फ्लोरिडास्थित केप क्यानाभेरल अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार राति ९ बजेर १२ मिनेटमा उडेको थियो। उक्त रकेटले दूरसञ्चार कम्पनी ग्लोबलस्टारका लागि आठ वटा उपग्रह पृथ्वीको तल्लो कक्षमा पुर्याएको थियो। प्रक्षेपणपछि ती आठै उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा पठाइएको स्पेसएक्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)