उद्योग दर्तादेखि स्वीकृतिसम्मका अधिकांश सेवा अब अनलाइनबाटै
bishowkhabar.com · Sun Aug 16 11:01:31 GMT 2026

काठमाडौं– उद्योग स्थापना गर्न चाहने लगानीकर्ताले उद्योग दर्तादेखि सञ्चालनपछिका विभिन्न कामका लागि सरकारी कार्यालय धाउनुपर्ने झन्झट घट्ने भएको छ। उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणालीमार्फत अधिकांश सेवा अनलाइनमा ल्याएपछि उद्योगी–व्यवसायीले आवेदन तथा आवश्यक कागजात विद्युतीय माध्यमबाटै पेस गर्न सक्ने व्यवस्था गरेको हो ।
विभागका अनुसार साउन १८ गतेदेखि प्रणालीमा समावेश भएका सेवाका लागि भौतिक रूपमा आवेदन तथा कागजात दर्ता गरिने छैन। नयाँ उद्योग दर्ता, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, उद्योग अद्यावधिक, म्याद थप, नवीकरण, शेयर संरचना संशोधन तथा उद्योगको नाम र उद्देश्य परिवर्तनलगायत सेवा अनलाइनबाटै लिन सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)