नेपाली श्रमिकको उद्धारका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न सरकारसँग एनआरएनएको माग
baahrakhari.com · Sun Aug 16 11:10:56 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ । समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्नुपर्ने एनआरएनएको तर्क छ ।
चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत आयोजित ‘सुरक्षित वैदेशिक रोजगार र पुनः एकीकरण’ विषयक सत्रमा सहभागीहरूले सो माग राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)