वैदेशिक रोजगारीका समस्या समाधानका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न सरकारसँग एनआरएनएको माग
nagariknews.nagariknetwork.com · Sun Aug 16 11:12:00 GMT 2026

नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारसँग आग्रह गरेको छ।
चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत आयोजित ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नहुँदा उद्धारमा खटिने एनआरएनए प्रतिनिधिसमेत समस्यामा पर्ने गरेको बताउँदै सम्बन्धित मुलुकमा सरकारले सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)