सन नेपाल लाइफद्वारा सुदूरपश्चिम प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान
barnanmedia.com · Sun Aug 16 11:13:19 GMT 2026

सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा सुदूरपश्चिम प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धनगढीस्थित होटल पौवामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ADM, योग्य अभिकर्ता, शाखा कर्मचारी तथा Regional Managerहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत (Chief Marketing Officer) श्री गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख श्री लक्ष्मीकान्त जैसीले कार्यक्रमको मुख्य सहजीकरण तथा समन्वय गर्नुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)