सरकार–एनआरएन संयुक्त कम्पनीले ८५ प्रतिशतसम्म प्राथमिक सेयर जारी गर्न पाउने
bishowkhabar.com · Sun Aug 16 11:20:55 GMT 2026

काठमाडौं– सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएका कम्पनीले चुक्ता पुँजीको ८५ प्रतिशतसम्म प्राथमिक सेयर निष्कासन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो। संशोधित नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेको छ ।
प्रस्तावित व्यवस्था मन्त्रिपरिषद्बाट स्वीकृत भए गैरआवासीय नेपालीले विदेशी मुद्रामै प्राथमिक सेयरमा लगानी गर्न पाउनेछन्। यसबाट विदेशमा रहेका नेपालीको लगानी नेपाल भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)