राष्ट्रिय भेलाको समापनमा किन गएनन् शेखर कोइराला ?
baahrakhari.com · Sun Aug 16 11:40:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको समापन सत्रमा आइतबार डा. शेखर कोइराला सहभागी भएनन् । भेलाको उद्घाटन सत्रमा सहभागी भएका कोइराला समापन सत्रमा भने अनुपस्थित रहे ।
उद्घाटन सत्रमा सक्रिय देखिएका कोइराला समापन कार्यक्रममा सहभागी नहुनुलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी पछिल्लो समय संस्थापनइतर पक्षको गतिविधि पार्टीभित्रको आन्तरिक दबाब र शक्ति संघर्षबाट अघि बढेर सम्भावित विभाजनतर्फ जान सक्ने चर्चा भइरहेका बेला कोइरालाको अनुपस्थितिलाई राजनीतिक रूपमा जोडेर हेर्न थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)