भारतीय सेनाध्यक्ष काठमाडौं आउँदै, नेपालमा बदलिँदो भू–राजनीतिमा दिल्लीको चासो
kendrabindu.com · Sun Aug 16 11:48:51 GMT 2026
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष धिरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेपछि नेपालमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिप्रति नयाँदिल्लीको विशेष चासो रहेको संकेतका रूपमा विज्ञहरूले विश्लेषण गरेका छन्।
आइतबार काठमाडौं आइपुगेका सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नेछन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय सुरक्षा तथा सैन्य सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग पनि भेटवार्ताको तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)