हसिनाको सुपुर्दगीबारे भारतीय अदालतले निर्णय गर्ने
barnanmedia.com · Sun Aug 16 11:36:29 GMT 2026

बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्ने कि नगर्ने भन्नेबारे आफ्नो अदालतले निर्णय गर्ने भारतले बताएको छ । बङ्गलादेशले हसिनालाई सुपुर्दगी गर्न फेरि दबाब बढाइरहेका बेला यसको अन्तिम निर्णय राजनीतिक तहबाट नभई अदालतले गर्ने भारतले ेस्पष्ट पारेको हो । यद्यपि संवेदनशील बनेको यो विषयलाई कूटनीतिक माध्यमबाटै समाधान गर्ने प्रयास पनि भइरहेको भारतीय अधिकारीहरूले बताएका छन् ।
भारतीय सरकारी अधिकारीहरूका अनुसार बङ्गलादेशको सुपुर्दगीसम्बन्धी अनुरोधलाई अदालतको प्रक्रियामा लैजानुपर्ने हुन्छ । त्यस क्रममा हसिनामाथि लगाइएका आरोपहरू भारतको कानुनअनुसार पनि सुपुर्दगीयोग्य अपराध हुन् कि होइनन् भन्ने विषय महत्त्वपूर्ण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)