बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा
ratopati.com · Sun Aug 16 11:54:33 GMT 2026

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन् । मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो ।
निसीखोलाका ४० घर पहिरोको उच्च जोखिममा परेका निसीखोला–२ का वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए । पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उनले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किनेलगायत क्षति पुगेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)