रुकुम पश्चिममा पहिरोले वर्कसप पुरियो, तीन घर जोखिममा
bishowkhabar.com · Sun Aug 16 11:53:33 GMT 2026

काठमाडौं– अविरल वर्षाका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ शेरीगाउँमा पहिरो खस्दा वर्कसप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पहिरोले वर्कसपमा राखिएका सवारीसाधन तथा उपकरणमा समेत क्षति पुगेको छ।
मध्यपहाडी राजमार्गको सडक छेउमा धनबहादुर विकले सञ्चालन गर्दै आएको युग इन्जिनियरिङ वर्कसपमाथि आज दिउँसो एक्कासि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। पहिरोले एकतले जस्तापाता र फलामले बनेको वर्कसप भवन पूर्ण रूपमा पुरिएको प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)