श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष न्यौपानेको आग्रह
ratopati.com · Sun Aug 16 13:08:05 GMT 2026

चीन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाली श्रमिकको सङ्ख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको उद्धार तथा तत्काल बसोबासका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनः एकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा उनीहरूलाई सुरक्षित रूपमा राख्ने व्यवस्था नहुँदा उद्धार तथा सहयोगमा कठिनाइ हुने गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)