मन्त्री लम्सालसहितको टिमका सबैलाई भाइरल ज्वरो
baahrakhari.com · Sun Aug 16 13:35:31 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितको टिमलाई भाइरल ज्वरो भएको पाइएको छ । भौतिक पूर्वाधारको अवस्था र जनताका समस्या सुन्न सुदूरपश्चिमको भ्रमणमा रहेका बेला मन्त्री लम्सालसहित टोलीमा रहेका सबै एकसाथ भाइरल ज्वरोको सिकार भएको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार, मन्त्रीसहित टोलीका सदस्यहरूको स्वास्थ्य चिन्ता गर्नुपर्ने अवस्थामा छैन । मन्त्री लम्साल काठमाडौं आएपछि भैँसेपाटिस्थित क्वाटरमै आराम गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)