बालाजुमा भएको चोरीमा संलग्न ४ जना पक्राउ
ratopati.com · Sun Aug 16 14:06:46 GMT 2026

काठमाडौँ। प्रहरीले काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित टौडोलमा भएको चारीमा संलग्न आरोपीहरूलाई पक्राउ गरेको छ । साउन २६ मा टौडोल स्थित एक घरबाट नगद तथा गहना चोरी भएको थियो । चोरीमा संलग्न चार जनालाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ घर भएका २५ वर्षीय सुमन थापा मगर, कञ्चनपुर घर भएर मनमैजु बस्ने २३ वर्षीय दिपेश नेगी ‘दीपक’, गोरखाको धार्चे घर भएका ५१ वर्षीय धन बहादुर सुनार र गोरखाकै ३५ वर्षीय सुक बहादुर गुरुङ छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)