जाजरकोटमा पहिरोले पुरिएर चार जनाको मृत्यु, चार डिस्चार्ज
ratopati.com · Sun Aug 16 14:12:05 GMT 2026

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा अविरल वर्षाका कारण शनिबार दिउँसो आएको पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा भेरी नगरपालिका–२ बस्ने ५२ वर्षीय केदार कार्की, सोही नगरपालिका–२ फारूला बस्ने ५४ वर्षीय उमासिंह खत्री, ७५ वर्षीया रती खत्री र चिसापानी बस्ने ७० वर्षीय भिमबहादुर कार्की रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)