प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
rajdhanidaily.com · Sun Aug 16 14:21:29 GMT 2026

काठमाडौं । नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिको २०८३ साउन ३१ गते बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेको छ । युनियनको विधान–२०४८ (सातौँ संशोधन २०८३) को धारा ४६ बमोजिम वरिष्ठ पत्रकार तेज प्रकाश पण्डितको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)