एमाले बागमती संसदीय दलको बैठक भदौ २ गते बस्ने
ratopati.com · Sun Aug 16 14:20:11 GMT 2026

मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आगामी २ गते बस्ने भएको छ । सत्ता सङ्घर्ष र आन्तरिक विवादमा फसेको एमालेको संसदीय दलको बैठक २ गते ११ बजेका लागि आह्वान गरेको हो ।
उक्त बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियामाथि परेको अविश्वास प्रस्ताव माथि छलफल गर्ने कार्यसूची रहेको छ। लामो समयको अन्योलतालाई चिर्दै एमालेले संसदीय दलको बैठक आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)