विदेशबाट फर्किएपछि देउवाको बदलिएको रुझान- हिन्दुत्व र राजसंस्थाप्रति ‘सफ्ट कर्नर’
nepalpress.com · Sun Aug 16 14:48:24 GMT 2026

काठमाडौँ । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएको जम्मा ३ दिन भएको छ । यो तीन दिनमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभेच्छुकहरुको स्वागत ग्रहणमात्रै गरेनन् आफू पक्षीय कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटदेखि समापनसम्म सक्रिय भए ।
विमानस्थल उत्रनासाथ वक्तव्य सार्वजनिक गरेका देउवाले सोहीदिन चुनदेवीस्थित सम्पर्क कार्यालयबाट समर्थकलाई सम्बोधन गरे । राष्ट्रिय भेलाको उद्घाटनमा बोले, अनि समापनमा पनि बोले । पछिल्ला तीन दिनमा देउवाको सक्रियता जति अर्थपूर्ण देखिन्छ, उत्ति नै गम्भीर छ उनले प्रवाह गरेको सन्देश ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)