वर्षाले घर भत्किएपछि वडाध्यक्षद्वारा सहयोग
barnanmedia.com · Sun Aug 16 14:46:00 GMT 2026

अविरल वर्षाका कारण तनहुँको भिमाद नगरपालिका-३ सुनाकोटमा एउटा घर पूर्ण रूपमा भत्किएको छ । शनिबार परेको वर्षाका कारण स्थानीय रामकुमार श्रेष्ठको घर भत्किएको हो ।
घर भत्किएपछि श्रेष्ठको परिवारले वैकल्पिक बासको व्यवस्था वडाध्यक्ष पदमसेन ठकुरीले आफूले प्राप्त गर्ने सुविधाबाट रु १५ हजार आज पीडित परिवारलाई सहयोग गर्नुभएको छ । घर पूर्ण रूपमा क्षति भएपछि श्रेष्ठ परिवारलाई सुरक्षित र स्थायी बासस्थानको व्यवस्था गर्न सहयोग आवश्यक देखिएकाले तत्कालका लागि केही रकम उपलब्ध गराएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)