भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै
baahrakhari.com · Sun Aug 16 15:09:17 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले भोलि (भदौ १) देखि सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार गरिने जनाएको छ । निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताहरूले आफूलाई पायक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ ।
"२०८३ भदौ १ गते सोमबारका दिनदेखि सम्बन्धित ग्याँस उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्याँसको बिक्री वितरणको व्यवस्था मिलाइएको छ । उपभोक्ताहरूले आफूलाई पायक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्याँस खरिद गर्नुहुन निगम अपिल गर्दछ," निगमले सूचना जारी गर्दै भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)