कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन
nepalnews.com · Sun Aug 16 15:12:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई उद्धार, पुनःस्थापना र राहतका कार्यमा अविलम्ब सहभागी हुन निर्देश गरेको छ ।
कांग्रेसले यसअघि नै आफ्नो नेतृत्वमा बनेको प्रदेश र स्थानीय सरकारलाई विपद्का घटनामा उद्धार, राहत र पुनःस्थापनाका लागि निर्देश गरिसकेको जनाएको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि जारी बैठकले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा शनिबार राति अविरल वर्षापछि आएको पहिरोमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)