७६ वर्ष पुरानो नेपाल-भारत सैनिक सम्बन्धले खोजेको नयाँ अर्थ
himalpress.com · Sun Aug 16 15:42:33 GMT 2026

काठमाडौँ – भारतका नवनियुक्त स्थल सेनाध्यक्ष जनरल धीरज सेठ आइतबार (श्रावण-३१) काठमाडौँ आइपुगेका छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी काठमाडौँ आएका हुन्। भारतीय प्रधानसेनापति सेठले ३० जुन २०२६ मा भारतीय सेनाको ३१औँ प्रमुखको जिम्मेवारी सम्हालेपछि गरेको पहिलो औपचारिक विदेश भ्रमण हो। भारतीय रक्षा मन्त्रालयका अनुसार सेठले करिब चार दशक लामो सैनिक सेवामा परिचालन, रणनीति, क्षमता विकास र संस्थागत जिम्मेवारीका विभिन्न तहमा काम गरेका छन्।
त्यसैले काठमाडौँमा उनको आगमनलाई एउटा नियमित सैनिक भ्रमण भनेर मात्र बुझ्नु पर्याप्त हुँदैन। एकातिर यो नेपाल र भारतका सेना प्रमुखले एकअर्काको सेनाको मानार्थ जनरल बन्ने ७६ वर्ष पुरानो परम्पराको निरन्तरता हो। अर्कोतिर, नयाँ राजनीतिक परिवेशमा प्रवेश गरेको नेपालसँगै भारत-चीनबीच तीव्र बन्दै गएको रणनीतिक प्रतिस्पर्धा पनि यो भ्रमण जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)