जाजरकोटमा पहिरो : सेनाद्वारा ३०० भन्दा बढीको उद्धार
nepalpress.com · Sun Aug 16 15:45:26 GMT 2026

जाजरकोट । नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ ।
पहिरो प्रभावितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहकार्यमा उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)