कांग्रेस इतरको राजनीतिक लाइन हिन्दु राष्ट्र !
ukeraa.com

काठमाडौं : विशेष महाधिवेशनबाट परिवर्तन भएको नेतृत्वलाई निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले मान्यता दिएपछि छटपटिएको नेपाली कांग्रेसको संस्थापन इतर समूहले एकातिर पार्टी एकता भन्दै गगन थापा पक्षमा दबाब बढाइरहेको थियो। अर्कोतर्फ यदि कुरा नमिले नयाँ दल दर्ताको गृहकार्य पनि समानान्तर रूपमै जारी नै थियो।
संस्थापन इतरको भेलामै गगनसँग रिसाएका केही नेताले ‘त्यो रुख र नाम किन चाहियो? के गर्यो र त्यसले निर्वाचनमा?” भन्नेसम्मका अभिव्यक्ति सार्वजनिक भए। मुख्यतः कृष्णप्रसाद सिटौलाको रणनीतिमा अब हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाएर नयाँ दल दर्तासम्मको गृहकार्य भएको समाचार बाहिरिए। चुनाव चिन्हको रूपमा चर्चामा आयो सङ्ख।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)