खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
ratopati.com · Sun Aug 16 15:51:16 GMT 2026

जिल्ला समन्वय समितिले साउन ३० गते दिक्तेलमा छलफल आयोजना गरेर जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिलगायतसँग स्थानीय तहको सीमाना र सङ्ख्याको पुनःसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ। पहिलो दिनको छलफलमा स्थानीय तहको सङ्ख्या तथा सीमाना हेरफेरसम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिए।
जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको अध्ययन समितिले सरोकार भएका निकायका प्रतिनिधिसँग बहस र छलफल गरेसँगै स्थलगत अध्ययन गर्ने र विज्ञको सहयोगमा मापदण्डअनुसार काम टुङ्ग्याउने उनले बताए। उनका अनुसार १० स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका छन् भने ७९ वटा वडा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)