वरिष्ठ सङ्गीतकार सुरेश सेन्चुरी अस्ट्रेलियामा सम्मानित
nepalpress.com · Sun Aug 16 15:51:15 GMT 2026
अस्ट्रेलिया । वरिष्ठ सङ्गीतकार सुरेश सेन्चुरी अस्ट्रेलियामा सम्मानित भएका छन् । रुपन्देहीमा बागेश्वरी सङ्गीतालय तथा हाल रागश्री सङ्गीतालयबाट सयौँ कलाकारलाई उत्पादन गरेका सेन्चुरीलाई सिड्नीमा आयोजित भव्य कार्यक्रममा सम्मान गरिएको हो ।
सन् २०१५ मा अस्ट्रेलियाको सिड्नीमा स्थापना भएको रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले हरेक वर्ष आयोजना गर्दै आएको तीज विशेष कार्यक्रममा सेन्चुरीलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)