पब्जी विश्वकपमा नेपाली टोली ‘होरा इस्पोर्ट्स’ आठौँ, जिते १ करोड ९३ लाखभन्दा बढी
techpana.com · Sun Aug 16 15:51:59 GMT 2026
काठमाडौं । पब्जी मोबाइल विश्वकप २०२६ (PMWC) प्रतियोगितामा नेपाली इस्पोर्ट्स टोली ‘होरा इस्पोर्ट्स’ आठौँ स्थान हासिल गर्न सफल भएको छ । ग्रान्ड फाइनलका कुल १८ खेलमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट अङ्क जोडेर होरा विश्वका शीर्ष आठ टोलीभित्र पर्न सफल भएको हो ।
यससँगै नेपाली टोलीले झण्डै दुई करोड रुपैयाँ बराबरको नगद पुरस्कार जितेको छ । होरा इस्पोर्ट्सले ग्रुप स्टेजबाट ५७ हजार अमेरिकी डलर र ग्रान्ड फाइनलबाट ७० हजार डलर गरी कूल १ लाख २७ हजार अमेरिकी डलर जितेको छ, जुन नेपाली रुपैयाँमा १ करोड ९३ लाखभन्दा बढी हुन आउँछ । यस प्रतियोगितामा टर्कीको ‘एसटुजी इस्पोर्ट्स’ १५४ अङ्क ल्याउँदै विजयी बन्यो भने दक्षिण कोरियाको ‘टिम रेड फोर्स’ दोस्रो र मङ्गोलियाको ‘टिम अरोरा’ तेस्रो स्थानमा रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)