काठमाडौंमा एकसाथ 'द रिट्ज-कार्लटन' र 'द वेस्टिन' खुल्ने
nepalsamaya.com · Tue Jun 09 10:59:00 GMT 2026

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेसनलबीच काठमाडौँमा दुई वटा नयाँ लक्जरी तथा प्रिमियम होटल स्थापना गर्ने गरी सम्दारी गरिएको छ। आइतबार म्यारियट इन्टरनेसनल इंक र सिजी हस्पिटालिटी ग्रुपबीच दुई लक्जरी होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्।नेपालमा पहिलो पटक प्रवेश गर्न लागेको 'द रिट्ज-कार्लटन काठमाडौं' राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्थापना हुनेछ।
यस होटलमा ३० वटा विशाल स्विट रूमसहित जम्मा १५० वटा कोठाहरू रहनेछन्। पाहुनाका लागि यहाँ पाँचवटा फरक रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर र 'द रिट्ज-कार्लटन स्पा' को व्यवस्था गरिने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)