कार दुर्घटनामा भारतीय पर्यटक घाइते
gorkhapatraonline.com · Tue Jun 09 11:02:26 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।
डुम्रेबाट दमौली हिडेको बिआर १० एबी ७७३९ नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब १ः०० बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पाँच जना सवार रहेको उक्त कार अचानक सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)