‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान
baahrakhari.com · Sun Aug 16 17:49:21 GMT 2026

काठमाडौं । नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ ।
आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रशासक उमेशप्रसाद मैनालीले ‘गोपाल पाँडे असीम पुरस्कार’ साहित्यिक संस्था ‘राप्ती साहित्य परिषद्’, दाङलाई प्रदान गरे । पुरस्कारका साथ नगद राशि ५० हजारसमेत प्रदान गरियो । उक्त पुरस्कार साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटाले ग्रहण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)